जम्मू कश्मीरमा पाकिस्तानी सेनाले चलाएको गोलीबाट भारतीय सेनाका एक सैनिक अधिृकतको मृत्यु भएको छ। समाचार एजेन्सी पिटिआइका अनुसार रजौरी जिल्लाको केरी सेक्टरमा पाकिस्तानले गोली चलाउँदा भारती सैनिक मारिएका हुन्।
३ दिन पहिले पनि एलओसीमा पाकिस्तानी सेनाले फायरिग गर्दा भारतीय सेनाका एक नायब सुबेदार शहिद भएका थिए।
https://twitter.com/ashoswai/status/1301036190699749376
यो बर्षमात्रै पाकिस्तानी सेनाले २७ सय भन्दा बढी पटक सिजफायर उल्लंघन गरेको भारतको आरोप छ।
सिजफायर उल्लंघन गरेर भएको गोलीबारीमा २१ जना भन्दा बढीको ज्यान गएको छ भने, ९४ बढी घाइते छन।
भारतीय सेनाले यसको जवाफ दिने बताएपनि पाकिस्तान तर्फ हाल क्षति भएको देखिदैन्।
भारतको अहिले पाकिस्तान, चीन, नेपाल लगायतका देशसँग सीमा विवाद चलिरहेको छ।
पूर्वी लद्दाखमा भारतीय सैनिक चिनियाँ सेनासँग नराम्ररी हारेका छन्। हालै गल्वान भ्यालीको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो।
पूर्वी लद्दाख स्थित एलएसीमा भारतले आफ्नो दाबी गर्ने १ हजार वर्ग किलोमिटर क्षेत्र चीनले आफ्नो नियन्त्रणमा राखेको बताइन्छ। उक्त क्षेत्रबाट भारतीय सेनालाई लखेटेर चीनले आफ्नो नियन्त्रण जमाएको हो।
कतिपय विश्लेषकहरु भारत सीमामा हार्दै गएको टिप्पणी गर्छन्।
Army junior commissioned officer (JCO) killed in Pakistani firing along LoC in Rajouri district of J-K: Army sources
— Press Trust of India (@PTI_News) September 2, 2020
प्रतिक्रिया