जनतामा बैंकिङ क्षेत्रको पहुँच नहुँदा आर्थिक नीति सहिरुपमा कार्यान्वयन हुन सकेन: आर्थिक समाज नेपाल



भूपराज बस्याल, स्याङ्जा ।

नेपाल सरकारले हालै ल्याएको मौद्रिक नीति भित्रको सहुलियत कर्जा र पुनर कर्जाको बिषयमा छलफल गर्न आर्थिक समाज नेपालले आयोजना गरेको भर्चुअल कुराकानीमा सर्बसाधरण जनता बैंकिङ क्षेत्रको पहुँचमा नहुँदा उक्त आर्थिक नीतिको सहि कार्यनयन हुन नसकेको निष्कर्षे निकालेको छ ।

आर्थिक क्षेत्रका बिषयमा सरकारले चालेका कदम, आर्थिक नीति, प्रस्तुत बजेट लगायतका बिषयमा जनतामा परेको प्रभाव कार्यान्वयनको पाटो लगायतका बिषयमा छलफल गर्दै आएको समाजले यस पटक सहुलियत पुर्ण कर्जा र पुनरकर्जाको बिषयमा अर्थबिदहरु बिच छलफल गर्दा यस्तो निष्कर्ष निकालेको हो ।

आर्थिक समाजका अध्यक्ष कृष्ण लामिछानेको सभापतित्वमा शनिवार सम्पन्न यस कार्यक्रममा अर्थबिद तथा प्राध्यापक कुन्जराज थापाले हाल सरकारले ल्याएको पुनर कर्जाले धेरैलाई आर्थिक क्रियाकलापमासहजता हुने भएपनि यो सहुलयित ठ्याक्कै जनता माझ जान नसकेको कुरा औल्यानु भयो । उहाँले भन्नुभयो विगतमा पनि यस्ता कर्जा नआएका होइनन् तर आएका कर्जा सबै पहुँचवालाका मात्रै हात पर्दर्थे , यसै बिगयमा अहिले बाणिज्य बैंकका एक शाखाले कम्तीमा दस वटा र बिकास बैंकका एक शाखाले कम्तीमा पाँचवटा सहुलियतपूर्ण कर्जा वा पुनर कर्जा प्रवाह गर्नुपर्ने नीतिले अबका कर्जा गाउँ गाउँ पुग्ने अपेक्षा गर्न सकिने उहाँको धारणा थियो ।

सहुलियत भन्दा अलि भिन्न भएको र यसमा ब्याज पनि बढीमा पाँच प्रतिशत सम्म मात्रै तोकिएको हुँदा यो पुर्नर कर्जा जनताको लागि बढी उपयोगी हुने अर्का अर्थविद तथा प्राध्यापक डाक्टर यादब शर्मा गौडेलको भनाइ थियो । अनुदानमा आधारित कर्जाले खासै उपलब्धि दिन नसकेका बेलामा आएको यस्तो कर्जा अबका दिनहरुमा निकै उपयोगी हुने उहाँको तर्क थियो । किनभने यो कर्जा अनुदान लिएपछि फिर्ता गर्न नपर्ने प्राबधान भएको हुँदा अनुदान लिने र बिचैमा व्यावसाय छोडेर हिड्ने जस्ता दुब्र्यबहारहरुले परिणाम आउन नसकेको बेला आएको यस्तो कर्जा निकै उपयोगी हुने भन्दै अनुदान वितरणलाई बन्द गरेर अब यस्तै कर्जालाई बढावा दिन समेत सरकारलाई उहाँको सुझाव थियो ।

विगतका बर्षमा कृषिलाई मात्रै केन्द्रित गरेर सरकारले आर्थिक नीति ल्याउने गरेको र केही बर्ष यता यसबाहेक अन्य क्षेत्रका विभिन्न ब्यबसायहरुलाई पनि लक्षित गरेर आर्थिक नीति आउने गरेको हुँदा हाल साना र मझौला सबै व्यावसायिलाई सहयोग पुगेको अर्का अर्थविद तथा प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाको भनाइ थियो । यतिबेला कोरोना भाइरस तथा अन्य कारणले व्यावसायिक क्षेत्रमा पनि ठूलो असर परेको छ । तसर्थ यसरी मर्कामा परेका व्यावसायिक क्षेत्रमा टेवा पुर्याउन पनि हालको पुनर कर्जा र सहुलियत कर्जा बढी उपयुक्त हुने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्