ललितपुरको किस्ट मेडिकल कलेजका थप ५ स्वास्थ्यकर्मी कोरोना संक्रमित

0
Shares

न्यूज अफ नेपाल, काठमाडौ । 

ललितपुर स्थिति किस्ट मेडिकल कलेजमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुँदै गएपनि अस्पताल व्यवस्थापन पक्षले अहिले सम्म कर्मचारी, चिकित्सकका लागि आईसोलेसन कक्ष नबनाएका कारण संक्रमित स्वास्थ्यकर्मी, कर्मचारीहरु आफ्नै घर कोठामा बस्न बाध्य भएको अस्पताल स्रोतले जनाएको छ ।

आज संक्रमित हुनेमा अस्पतालकै कर्मचारी फिजियोथेरापी गर्दै आउँनुभएको व्यक्ति समेत ५ जना रहेको स्रोतले जनाएको छ । सोही अस्पतालमा हिजो मात्र एक पुरुष बिरामीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । उहाँका परिवारका ५ बर्षको बच्चा सहित ५ जना सोही अस्पतालमा आईसोलेसनमा बसेर उपचार गराउँदै हुनुहुन्छ ।

पहिला संक्रमण भएकी एक चिकित्सक केही दिन अघि सोही अस्पतालमा सुत्केरी भई डिस्चार्ज हुनुभएको थियो । तर उहाँको स्वास्थ्यमा समस्या देखिएकाले आज पुनः किस्ट अस्पतालमै आउँनभएको स्रोतले जनाएको छ । किस्ट अस्पतालमा यस अघि पनि एक सुत्केरी महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । स्वास्थ्यकर्मी संक्रमित भएको र बिरामीको मृत्युका बिषयमा अस्पतालले सूचना लुकाउँदै आएको छ ।