न्युयोर्क, (एजेन्सी)
प्रहरीले कालो वर्णका याकुब ब्लेकको गोली हानी हत्या गरेको विरोधमा विश्व नम्बर १० टेनिस खेलाडी नाओमी ओसाकाले न्युयोर्कमा जारी साउथवेस्टर्न ओपन डब्ल्यूटीए टेनिस प्रतियोगितामा खेल्न बहिष्कार गरेकी छन्।
अमेरिकाको विस्कन्सिन घटनाले यतिबेला विश्वभर नै विरोध भइरहेको छ। यस घटनाबाट दुःखी भएकी नाओमीले पनि न्युयोर्कमा जारी ओपन डब्ल्यूटीए टेनिस प्रतियोगिता खेल्न बहिष्कार गरेकी हुन्। उनले ट्वीट गर्दै प्रतियोगिता त्यागेको जानकारी दिएकी हुन्। त्यसपछि, टुर्नामेन्ट आयोजकहरूले बिहीबार हुने सबै खेलहरू स्थगित गरेका थिए।
आयोजकहरूले विज्ञप्ति जारी गर्दै विस्कन्सिनमा कालो याकुबको घटनाको जताततै विरोध भइरहेकोले टुर्नामेन्ट शुक्रबारसम्म स्थगित गरेको बताएका छन्। टुर्नामेन्ट बहिष्कार गरेपछि ओसाकाले ट्वीट गर्दै कालो महिला खेलाडीका रूपमा मैले धेरै भेदभाव महसुस गरेकी र धेरै महŒवपूर्ण मुद्दाहरू तुरुन्तै सम्बोधन गर्न आवश्यक रहेको बताएकी छन्।











प्रतिक्रिया