धरानमा उपचारत तीन कोरोना संक्रमितको मृत्यु

0
Shares

 

काठमाडौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।
प्रतिष्ठानमा उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको हो । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो।
धरानमा उपचारत ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।