लुजियानामा आएको समुन्द्री आँधीको कारण ४ जनाको मृत्यु

0
Shares

 

लुजियानामा आएको लौरा समुन्द्री आँधीको कारण ४ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार ८ लाख मानिस त्यसबाट प्रभावित भएका छन ।
लुजियानामा ६ लाख १५ हजार ४५ र टेक्ससमा १ लाख ९१ हजार ८३ जना गरि कूल ८ लाख ६ हजार ८ सय २८ जना अन्धकारमा बस्न बाध्य भएका छन ।

लुजियानाका गभर्नर जोन बेल एडवार्डले सोचेको जति क्षति नभएको बताएका छन । समुन्द्री आँधीको कारण कम्तिमा पनि लुजियाना र टेक्ससका १३ वटा हवाई अड्डाहरु प्रभावित भएका छन्।

हुण्डरी,पानी र बतासको कारण घरहरुका छाना उडाएका छन । पानीले बाटो भरिएको छ भने बिजुलीका खम्बा ढलेका छन । गभर्नरले सन् २००५ मा आएको क्याटरिना भन्दा पनि यो लौरा आंधी शक्तिशाली रहेको बताएका छन ।

समुन्द्री तुफानको हावाको बेग १५० माइल प्रति घण्टा अभिलेख गरिएको छ । हुरीका कारण भवनहरु आंशिक रुपमा ढलेका छन् ।

सबै भन्दा ज्यादा लुजियानाको लेक चार्ल्स बढी प्रभावित भएको छ । उक्त आंधीले १४ बर्षिय किशोरी र ६८ बर्षिय बृद्धको घरमाथि रुख खस्दा निधन भएको छ ।