स्टोरबाट भालुले चिप चो-यो


लसएन्जेल्स,(एजेन्सी)

अमेरिकाको क्यालिर्फोिर्नया स्थित एउटा दैनिक उपभोग्य सामान बिक्री हुने स्टोर एकजना ग्राहकले एउटा भालुले सरासर आएर एक झोला चिप मुखले च्यापेर बाहिरिएको दृश्य आफ्नो भिडियोमा कैद गरेकी छन् । एडिना बाइडू नामक तिनी किंग्स बिच स्थित सेफवे स्टोरमा आफुलाई चाहिने सामान कार्टमा राखेर अघि बढ्दै गर्दा भालुसंग आमने सामने भएकी थिइन् ।

बेइडूले सो भिडियो फेसबुकमा पोस्ट गरेकी छन् ।उनले यदि भालुको मुखबाट निस्किरहेको अनौठो र ठूलो आवाज नसुनेको भए आफु त्योसंग ठोकिने पनि बताएकीछन् ।

सो भिडियोमा बेइडू आफ्नो सामान लिएर भ्यान तर्फ जानु अघि भालुले नजिकैको फोहर फाल्ने स्थानमा पनि केहि खाँदै गरेको देखिन्छ । त्यो फालु स्टोरको अगाडीका ढोकाहरु मध्ये एउटा बाट छिरेको थियो ।