बुटवल कोरोना विशेष अस्पतालमा ७० वर्षीया वृद्धाको मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका कपिलवस्तुका संक्रमितको मृत्यु भएको २४ घण्टा वित्न नपाउदै रुपन्देहीकी एक महिलाको पनि मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा भेन्टिलेटरको सहायतामा उपचार भई रहेका दुवै जनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमित महिलाको बिहीबार बिहान साढे १० वजे मृत्यु भएको छ । गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. बताउनु भयो ।

साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार भएको थियो,’ ‘स्वास्थ्यमा थप समस्या देएिपछि भदौ १ गते अस्पतालमा भर्ना गरिएको थियो ।’ डा. थापाका अनुसार मृतकलाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको डा. थापाले जनाए । यसअघि अस्पतालमै उपचाररत कपिलवस्तुका एक जना पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० बर्षिय पुरुषको बुवार राती १० वजेर ५५ मिनेट जादाँ उपचारकै क्रममा मृत्यु भएकोे थापाले बताउनु भयो । थापाका अनुसार उनमा लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समस्या थियो। मिगौलाका समस्या समेत रहेका उनको लामो समयदेखि मृगौलाको डायलाईसिस भई रहेको थियो ।

उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेसन अस्पतालमा राखिएको थियो । उपचारको क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यो सगै बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । उक्त अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको डाक्टर थापाले बताउनु भयो ।

संक्रमीत मध्ये १५ जनालाई सघन उपचार कक्ष (आईसियु) मा राखिएको छ भने १८ जनाको आईसोलेसनमा राखी उपचार भईरहेको छ । आईसियुमा रहेका दुई महिला सहित चारजनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको भेन्टिलेटरको सहयोगमा उपचार भईरहेको बताइएको छ ।

भेन्टिलेटरको सहायतामा उपचार गराई रहेका सबै बुटवलका रहेको र उनिहरुमा उच्च रक्तचाप, मधुमेह र मृगौलामा समेत समस्या रहेको डाक्टर थापाले बताउनु भयो ।  तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो ।