कपिलवस्तुमा आज थप १९ जना कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, कपिलवस्तु ।

कपिलवस्तुमा आज थप १९ जना कोरोना संक्रमित भेटिएका छन् ।

कन्ट्याक्ट ट्रेसीङका आधारमा संकलन गरिएको ८० स्व़ाब नमुनाबाट १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये २१ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यससँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या १ हजार ९३ पुगेको छ । कपिलवस्तुमा कोरोनाबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।