जिल्ला अस्पताल खोटाङमा आकस्मिक तथा प्रसुती बाहेकका सबै सेवा बन्द


रामधन राई, खोटाङ ।

रेफर गरेका पखाला तथा ज्वरोका बिरामीमा कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला अस्पताल खोटाङमा आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको छ ।

गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्‍याइएकी १६ वर्षिया किशोरीलाई सोमबार कोरोना संक्रमण पूष्टी भएपछि आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको हो ।

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परीक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी किशोरीमा संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताउनुभयो ।

स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परीक्षणमा पठाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सुचारु गरिने निमित्त प्रमुख फुयाँलले जनाउनुभयो । बिरामी भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी थिईन् ।

संक्रमित विदेश नगएकी तथा विदेशबाट आउने व्यक्तीसँग सम्पर्क समेत नभएको जनाईएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पूष्टी भएको छ ।