नेपालका प्रथम वोटानिष्ट प्रयागराज पाण्डे फाउण्डेशनको तेस्रो साधारण सभा सम्पन्न


न्यूज अफ नेपाल,काठमाडौं ।

नेपालको वनस्पति क्षेत्रको संस्थागत विकासका लागि झण्ड्रै चारवर्ष अघि काठमाडौंमा स्थापित तथा प्रवद्र्धित गैर सरकारी संस्था नेपालका प्रथम बोटानिष्ट प्रयाग राज पाण्डे फाउण्डेशनको तेस्रो साधारण सभाले सन् २०२०—२०२१ का लागि वनस्पतिविद् डा. महेश कुमार अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । नवनिर्वाचित अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का वर्तमान सदस्य सचिव समेत हुनुहुन्छ ।

पूर्व प्राध्यापक एवं राजदूत डा. मोहन प्रसाद लोहनीको प्रमुख आतिथ्य तथा फाउण्डेशनका निवर्तमान अध्यक्ष विमल राज पाण्डेको अध्यक्षतामा भएको सो साधारण सभामा निवर्तमान अध्यक्ष पाण्डेले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाउण्डेशनका विभिन्न गतिविधिहरु सम्पन्न गर्न सहयोग गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गर्नुहुंदै कोभिड—१९ का कारण पछिल्लो चारमहिनाका नियमित कार्यक्रम र तेस्रो साधारण सभा पनि अनलाइनबाटै सम्पन्न गर्न सकिएकोमा खुसी व्यक्त गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष तथा वनस्पतिविद् मधुसुदन बिष्टले तालीम सञ्चालन गर्नुभई तालीममा सहभागी पदाधिकारीहरु मात्र उम्मेदवारको रुपमा उठ्न पाउने प्रावधान अनुरुप उहांकै अध्यक्षतामा गठ्न भएको निर्वाचन समितिले डा. महेश कुमार अधिकारी अध्यक्ष, पुष्पमान अमात्य सह अध्यक्ष, धर्मात्म लाल श्रीवास्तव प्रथम उपाध्यक्ष, हरिकृष्ण सैंजू, द्धितीय उपाध्यक्ष, डा. महेन्द्रनाथ सुवेदी तृतीय उपाध्यक्ष, उषा बाबा जोशी महासचिव, लक्ष्मी पराजुली तिवारी सचिव, शान्ता देवकोटा उपाध्याय कोषाध्यक्ष, अर्जुन बिष्ट सह कोषाध्यक्ष तथा सदस्यहरुमा स्वयंभु रत्न तुलाधर, लोकनाथ पाठक, बटु कृष्ण उप्रेती, नवीन श्रेष्ठ, हरिकृष्ण क्षेत्री र लजमिना जोशी निर्वाचित भएको घोषणा गरियो ।

महासचिव डा. महेन्द्रनाथ सुवेदीले गतः वर्ष स्व. प्रयागराज पाण्डेको स्मृतिमा शतवार्षिकी कार्यक्रम आयोजना गरी नेपालको वानस्पतिक क्षेत्रको उत्थानका लागि सहयोग पुग्ने विभिन्न रचनात्मक गतिविधिहरु सम्पन्न गरिएको, शतवार्षिकी स्मारिका प्रकाशन गरिएको वताउनु भयो ।

प्रयागराज पाण्डे शतवार्षिकी कार्यक्रमको समापन अवसरमा घोषणा गरिएका फाउण्डेशनका मानार्थ सदस्यहरु वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ, डा. कमल कृष्ण श्रेष्ठ, डा. सीताराम अधिकारी, डा. रघुवीर बिष्ट, राधारमण प्रसाद शाह, डा. अखिलेश्वर लाल कर्ण, अधिवक्ता घन प्रसाद गौतम, अन्जु सिंह शाह, भोलामान सिंह वस्नेत, प्रसन्न योन्जन, पत्रकार पूर्णहरि अमात्य, लक्षी सिंह र विनोद शाहीलाई साधारण सभाले अनुमोदन समेत गरेको छ । मानार्थ सदस्य पाउने व्यक्तित्वहरु शतवार्षिकी कार्यक्रम अवधिभर सल्लाहकार थिए ।

कोषाध्यक्ष उषा बाबा जोशीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुंदै सदस्यता शुल्क, खुसीका क्षण सहयोग, केही सदस्यहरुले स्वस्पूmर्त रुपमा प्रदान गरेको आर्थिक सहयोग नै फाउण्डेशनको आर्थिक स्रोत भएको र हालसम्म स्वयंसेवी रुपमै संस्था संचालन भैरहेको उल्लेख गर्नुभयो ।

संस्थाको ७ जना संरक्षक सदस्यहरुमा बिमल राज पाण्डे, डा. कमल राज पाण्डे, शान्ता उपाध्याय, मानस बिष्ट, पुष्पमान अमात्य, मधुसुदन बिष्ट र डा. खेमराज भट्टराई हुनुहुन्छ ।