नेपाल फिजिकल सोसाईटीको अनलाईन कार्यक्रम


काठमाडौँ । नेपाल फिजिकल सोसाईटीकोएनपिस स्कुल अफ एड्भान्सड कम्प्यूटिङको उद्घाटन तथा जर्नल अफ नेपाल फिजिकल सोसाईटीको सार्वजानिक भएको छ । गत शनिवार अनलाईन माध्यमको प्रयोग गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सार्वजानिक गर्नु भएको हाे ।

पोखरेलले भौतिकशास्त्रका विभिन्न क्रियाकलापहरु समेटी नेपाल फिजिकल सोसाईटीले प्रकाशन गरेको न्यूज लेटर (पुस्तिका)को ३७औ अंकको सार्वजानिक पनि गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सभापति प्राडा. चाँपागाईले नेपाल फिजिकल सोसाईटीको वारेमा प्रकाश पार्दै हालसम्म नेपाल फिजिकल सोसाईटीले गरेका महत्वपुर्ण कार्यहरुको वारेमा प्रकाश पार्नु भएको थियो । उहाँले विगतमा सरकारवाट अपेक्षाकृत सहयोग पाउन नसकेको वताउदै हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेका प्रयासहरुको प्रशंसा गर्दै भौतिक विज्ञानको विकासमा सरकारसँग हातेमालो गर्न तयार रहेको वताउनु भयो ।

उक्त कार्यक्रममा मन्त्री पोखरेलले नेपाल फिजिकल सोसाईटीले गरेका कार्यक्रमहरुको सरहाना गर्दै यूवा वैज्ञानिक हरुको पहलकदमि वाट आफु अत्न्यन्त उत्साहीत भएको बताउदैयो सरकारले पनि विज्ञान प्रविधिको विकासका लागी नयाँ शिरावाट काम शुरु गरेको बताउनु भयो ।

उहाँले विज्ञान प्रविधि तथा नवपर्वतन निति, २०७६, रेडियोधर्मी पदार्थको नियमन तथा उपयोग सम्बन्धी ऐन, २०७७, किर्तिपुर स्थित बर्षौ देखि संचालन हुन नसकेको वि पि कोईराला विज्ञान सङ्ग्राहालय अब्जरभेटरी तथा प्लानेटोरियमको संचालन, विधि विज्ञान प्रयोगशालाको प्रदेश स्तरमा विस्तार, ६३७स्थानिय तहमा प्रविधिक शिक्षालयको स्थापना जस्ता कार्यहरु भएको उल्लेख गर्दै विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना कार्य अगाडी वढाईएको वताउनु भयो । उहाँले पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागी डिपिआरको कार्य अगाडि वढाईएको वताउनु भयो ।

उहाँले विधार्थिको विज्ञान तथा गणितको ज्ञानशिपलाई अभिवृद्धि गर्न स्टिम एजुकेशनलाई अगाडि वढाएको वताउनु भयो ।

उहाँले कोभिड महामारीका असर र निराकरणका विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न क्षेत्रका विज्ञ सम्मिलित गरि विभिन्न छ वटा समिति बनाई काम गरेको उल्लेख गर्दै नेपालका विश्व विद्धालयहरु अनुसन्धानका कार्यमा उल्लेखनिय कार्य गर्न नसकेको भन्दै असन्तुष्टी ब्यक्त गर्नुयो । विश्वविद्धयालयको अहिलेको कार्यशैलिमा आमुल परिवर्तन गर्नुपर्ने कुरा वताउदै विश्वविद्धयालयमा राजनितिकरण स्विकार्य नभएको वताउनु भयो ।

विज्ञान प्रविधिको विकास विना मानव जातिले सामना गरेका चुनौतिहरुको निराकरण नहुने भन्दै विज्ञानलाई एक संस्कारको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विज्ञान को विकासका लागी आगामि असोज १ गते हुन गईरहेको विज्ञान दिवसमा प्रदेश सरकार, स्थानिय निकाय लगाएत विभिन्न तह तप्कालाई सहभागी गराउनु पर्ने बताउदै नेपाल फिजिकल सोसाईटि लगाएत विभिन्न प्रोफेशनल सोसाईटीहरुलाई यो दिवश सफल पार्न सहयोग गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नास्टका उपकुलपति त्रिभुवन विश्वविद्धयालयका रेक्टर विभिन्न प्राध्यापक नेपाल अमेरिका फिजिकल सोसाईटीका अध्यक्षले शुभकामना व्यक्त गर्नुभएको थियो । साथै नेपाल फिजिकल सोसाईसिटीका चिफ ईडिटर डा विनोद अधिकारीले आगामी दिनमा जर्नलको गुणस्तर सुधारका लागी सम्पुर्ण प्रयास गरिने बताउनु भएकाे थियाे।

नेपाल फिजिकल सोसाईटी का सभापति प्राडा. नारायण प्रसाद चाँपागाईको अधक्ष्यता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आथित्य, नास्टका उपकुलपति शुनिलवावु श्रेष्ठ त्रिभुवन विश्वविधालयका रेक्टर प्राडा. शिवलाल भुसाल, भौतिकशास्त्रका प्रध्यापकहरु नेपाल फिजिकल सोसाईटिका सातै प्रदेशका च्याप्टरका सभापति लगाएतका सदस्यहरु नेपाल अमेरिका फिजिकल सोसाईटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति लगाएतको उपस्थिति रहेको थियो ।