तीन वर्षमा गरिएको विकास ध्वस्त


ललित सिंह, बझाङ

जिल्लाको केदारस्युँ गाउँपालिका–९ मा तीन वर्ष लगाएर गरिएका विकास निर्माणका सम्पूर्ण योजना बाढी–पहिरोले बगाउँदा करोडौंको क्षति भएको छ भने ग्वालेक गाउँका ६ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

रात–दिन नभनी निर्माण गरिएका करोडौंका सिँचाइ नहरहरू, जुइलिगाड जलविद्युत्, तड्बन्धन, स्थानीय बासिन्दाको कमाईखाने खेतलगायतका सम्पूर्ण योजना बगाएर पछि अहिले स्थानीय अन्धकार र अन्योलमा परेका छन् ।

आफूलाई अब आफ्नो वडा कसरी पुरानै अवस्थामा ल्याउने भन्ने चिन्ता रहेको वडाध्यक्ष अहेन्द्र शाहीले बताउनुभयो । यी संरचना प’नर्निर्माण गर्नका लागि केन्द्र सरकार र प्रदेश सरकारसँग माग गरेको भए पनि यसतर्फ कसैको ध्यान जान नसकेको उहाँको कथन छ ।

त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा भइरहेका विकास–निर्माणका कार्यहरू बर्खायामको बाढी–पहिरोले बगाउँदा स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दा तनावमा छन् । जिल्लाका बाह्रवटै स्थानीयतहका विकास निर्माणमा क्षति भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । जिल्लाको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा धन–जनको समेत क्षति भएको छ ।
झोता र देउरा बजार क्षेत्रमा बनेका बिजुलीका पावर हाउस, नहर, खानेपानीका पाइपसँगै मुहान नै बगाएपछि बिज’ली बत्ती र खानेपानीको अभाव भएको झोता बजारमा होटल व्यवसाय गर्दै आएकी प”जा गिरीले बताउन’भयो । बिजुली, खानेपानी बाढी–पहिरोले बगाएपछि सास्ती व्यहोरिरहेको देउराका स्थानीयबासी बताउँछन् ।