काठमाडौं उपत्यकामा आज १६६ जना कोरोना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप १६६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२६ भक्तपुरमा २८ र ललितपुरमा १२ जना थपिएका हुन्।

यस्तै, देशभर आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । आज थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् गौतमले बताए ।

नेपालमा हालसम्म १५० जना कोरोना संक्रमितको मृत्यु भएको छ।