थापाथलीस्थित प्रसुती गृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये दुई जना कर्मचारी अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।