कोरोना भाइरसलाई रोक्न मलम


वासिंगटन (एजेन्सी)
अमेरिकाको एक औषधी कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सक्ने मलम तयार गरेको दावी गरेको छ । यस परियोजनामा संलग्न वैज्ञानिकहरुले एफडीए पंजिकृत नन प्रिस्क्रिप्सन ओवर द काउन्टर (ओटीसी) मलमले कोरोना भाइरस सहति अन्य विषाणु संक्रमणबाट पनि बनाउन सक्ने, उपचार गर्ने र त्यसलाई समाप्त पार्ने क्षमता प्रमाणित गरेको बताएका छन् ।

प्रयोगशालाबाट प्राप्त रिपोर्टले टी३एक्स उपचारपछि संक्रमण फैलाउने कुनै पनि विषाणु नभेटिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एडवान्स्ड पेनिट्रेसन टेक्नोलोजीका संस्थापक डक्टर ब्रयान ह्युबरले भने – नाकका माध्यमबाट कोरोना भाइरस शरीर भित्र प्रवेश गर्ने आशंका कम गर्ने यो एक महत्वपुर्ण खोज साबित हुने हामीले अपेक्षा गरेका छौं ।

लन्डन स्थित अनुसंन्धान प्रयोगशाला वायरोलोजी रिसर्च सर्विसेज लिमिटेडले कोरोना भाइरस (एनएल६३) र इन्फुएन्जा ए भाइरसमा औषधीको विषाणु रोधी प्रभावको मुल्यांकन गरेको र यो कोरोना भाइरससँग लड्नमा पर्याप्त सफल रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

विश्वभरी कोरोना संक्रमित २ करोड ३० लाखको हाराहारीमा पुगेको छ भने मर्नेको संख्या ८ लाख नाघेको छ ।