रियो परिषद्को जुम बैठकमा सहभागी यौनमा लिप्त


रियो दि जेनेरियो, (एजेन्सी)

ब्राजिलको रियो दि जेनेरियो परिषद्को जुम बैठकमा सहभागी एक जोडी यौन कार्यमा लिप्त भएपछि लज्जास्पद स्थिति बनेको छ। ती जोडीले आफ्नो ल्यापटपको क्यामरा बन्द गरेका थिएनन् जसले उनीहरूको सबै क्रियाकलाप प्रत्यक्ष प्रसारित हुन पुगेको थियो। उक्त बैठकको अध्यक्षता सोसलिज्म र लिबर्टी पार्टीका एक सदस्य लिओनेल ब्रिजोलाले गरेकी थिइन्।

उक्त लज्जास्पद घटना प्रत्यक्ष प्रसारित भइरहँदा पनि ब्रिजोलाले आफ्नो बैठक जारी राखेकी थिइन्। रियो शहरको परिषद् बैठकमा कोरोना संकटलाई ध्यानमा राख्दै विद्यार्थीका लागि खानाको ग्यारेन्टी गर्ने विषयमा चर्चा भइरहेको थियो। सामाजिक सञ्जालमा शेयर भइरहेको उक्त भिडियो फुटेजमा जुममा भइरहेको बैठकका क्रममा त्यसमा सहभागी एक व्यक्ति बैठक छोडेर यौन कार्य गर्न थालेको देखिएको थियो।

त्यो बैठक बिहान १० बजे शुरू भएको र आफ्नो योजनाअनुसार चलिरहेको थियो। यसबीच त्यसमा सहभागी ती व्यक्ति विषयवस्तुको बहस गर्न छोडेर सेक्स गर्न थालेका थिए। त्यतिबेला उनको डिभाइसको क्यामरा अन थियो। स्थानीय अखबारका अनुसार ती व्यक्ति पार्षद् थिएनन्। उक्त बैठक ४ घण्टासम्म चलेको थियो। यस क्रममा पार्षद्हरूले पूरै घटना देखेको तर उनीहरूले नदेखेजस्तो गरेका थिए।

ब्रिजोलाले उक्त घटनालाई लिएर खेद व्यक्त गरेकी छन्। जब आफूले उक्त घटना देखिन्, उनले तत्काल भिडियो र अडियो बन्द गर्न आदेश दिएको बताइन्। उक्त घटनामा संलग्न व्यक्तिलाई कुनै कारबाही भयो वा भएन भन्ने विषयमा कुनै जानकारी गराइएको छैन।