अमेरिकाले आरोपित आईएस अभियुक्तलाई मृत्युदण्ड नदिने


लन्डन, (एजेन्सी)

इराक र सिरियामा पश्चिमाहरूलाई बन्धक बनाएर हत्या गरेको आरोप लगाइएका दुईजना इस्लामिक स्टेट (आईएस) का सदस्यलाई दोषी प्रमाणित भएको खण्डमा पनि मृत्युदण्ड नदिइने बिहीबार संयुक्त राज्य अमेरिकाले बेलायतलाई जानकारी दिएको छ।

अलेक्जान्द्रा कोटी र एल साफी एल्सेख सजाय तोकिन बाँकी दुई अन्तिम आईएस सदस्य हुन्। बेलायती मूलका भएकाले तिनीहरूलाई अमेरिकी कारागारमा ‘दि विटल्स’ को नामले पुकारिने गरिएको छ।

चर्चित गायक जोह्न लेननको नेतृत्वमा रहेको बेलायती सांगीतिक समूह विटल्स विश्वमा तहल्का मच्चाउन सफल भएको थियो। यस मुद्दामा अमेरिकाले बेलायतको सहयोगको अपेक्षा गरेको थियो। तर, मृत्युदण्डको प्रयोगले अमेरिका र बेलायत बीचको बन्धकमा प्रभावित हुने महसुस गरिएको छ।

तसर्थ, हाल अमेरिकाले अन्ततः दोषी करार गरिएको खण्डमा पनि यी दुईलाई मृत्युदण्ड भने नदिइने जनाइसकेको छ।

बेलायती गृहमन्त्री प्रीति पटेललाई पठाइएको पत्रमा अमेरिकी महान्याधिवक्ता विल्लयम वारले अमेरिकी सरकारले यी दुई पुरुषलाई मृत्युदण्ड नसुनाउने र यदि सुनाइहाले पनि त्यसलाई कार्यान्वयन नगर्ने जानकारी दिएका छन्।

साथै, विल्लियमले भनेका छन्– ‘यसको बदलामा बेलायतले सकेसम्म छिटो तिनीहरू विरुद्धका महत्वपूर्ण प्रमाणहरू पठाउनू। यदि, हामीले माग गरेबमोजिमका दस्तावेज र अन्य सहयोग पायौँभने हामीले पनि इमानदारी साथ आफ्नो वचन निभाउनेछौँ।’

बेलायती गृह मन्त्रालयका प्रवक्ताले भनेका छन्– ‘डायसको नाममा अपराध गर्नेहरूलाई कानुनी दायराभित्र ल्याउन बेलायत निरन्तर अन्तर्राष्ट्रिय साझेदारहरूसँग निकट रहेर सहकार्य गर्न तयार रहेको छ।’ इराकको अमेरिकी हिरासतमा रहेका तिनीहरू बेलायती नागरिक हुन्।

तर, पक्राउ परेयता तिनीहरूको नागरिकता खोसिएको छ। तिनीहरू सन् २०१४ मा इराक र सिरियामा भएको अमेरिकी र बेलायती पत्रकार तथा राहतमकर्मीलगायत अन्य थुप्रै पश्चिमा बन्धकहरूको अपहरण र हत्यामा सरिक रहेको विश्वास गरिएको छ।