सान्जेनको विद्युत उत्पादन हुने मिति स-यो


सरस्वती न्यौपाने,रसुवा ।

जिल्लामा सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको दुई जल विद्युत आयोजनाको निर्माण कार्य पुरा हुने समय कोरोना कारण उत्पादन हुने मिति सरेको छ । निर्धारित २०७७ असार मसान्त सम्म काम सकिसक्नु पर्नेमा कम्पनीले जिल्लाको आमाछोदिङमो गाउँपालिकाको चिलिमे र गोल्जुङमा १४ दशसमलव आठ मेगावटको सान्जेन (माथिल्लो) र ४२ दशमलव ५ मेगावटको सान्जेन जलविद्युत आयोजना समेत कुल ५७ दशमलव ३ मेगावट क्षमताका दुई जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

ति आयोजना मध्ये सान्जेन (माथिल्लो) को ८७ प्रतिशत र सान्जेन जलविद्युत आयोजनाको ७६ प्रतिशत निर्माण कार्य मात्र पुरा भएको छ । कोभिड—१९ महामारीका कारण चिनियाँ ठेकेदार तथा कम्पनीले काम नगर्दा निर्धारित समय भन्दा कम्तीमा पनि एक वर्षपछि मात्र यी आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन हुने बताइएको छ ।

यसरी समयमै विद्युत उत्पादन नहुँदा यसको प्रभाव सान्जेनको शेयर किनेका सर्वसाधारणलाई परिरहेको छ । उनिहरुले यो कम्पनीको खरिद गरेको शेयर लगानी केही वर्ष सम्म प्रतिफल नपाएने अवस्थामा पुगेको हो ।