वीरगन्ज कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, वीरगन्ज ।

वीरगन्ज कोरोना अस्पतालमा भर्ना भएका एक संक्रमितको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ मा वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । सोही बेला गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

यस अघि शुक्रबार एकैदिन वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।