कोरोना नियन्त्रणमा सरकारले नै सहकार्य नगरेको अफिन र एनएमएको आरोप

0
Shares

न्युज अफ नेपाल, काठमााडौँ ।

एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको आज बसेको संयूक्त बैठकले कोरोना महामारीमा राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाएको छ ।

दुवै संस्थाका अध्यक्षद्वय श्री बसन्तकुमार चौधरी तथा डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसेको सो बैठकले चार मुख्य निर्णय गरेको छ । बैठकमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालले आ-आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धतासहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालबाट कुनै पहल नआएको विषयमा पनि समिक्षा गरियो ।

साथै बैठकले नेपाल सरकारले निजी अस्पताललाई गर्ने अपमानित तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

Press-Bigyapti (1)