सुरक्षा मापदण्ड उल्लंघन गर्ने प्रवृत्ति बढेपछि पाल्पामा एक हप्ता निषेधाज्ञा


कविराज नेपाल, पाल्पा

सर्वसाधरणले स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड संक्रमण रोक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमण रोक्न पाल्पामा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा २०७७ भाद्र ५ गते १२ बजेदेखि लागू हुने गरी २०७७ भाद्र १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्नुभएको हो ।

सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निधेधाज्ञा जारी गरिएको हो ।

जिल्ला स्तरीय सर्व पक्षिय निर्णय र बैठकबाट पाल्पामा कोभिड संक्रमण रोक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । यस अघि गुल्मी जिल्ला र छिमेकी जिल्ला रुपन्देही र स्याङ्जा जिल्लाले लकडाउन र निषेधाज्ञा जारी गरिसकिएको छ ।

जिल्लामा शुक्रबार आज मध्यरातिदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउनु भयो ।

अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन ।

एम्बुलेन्स, शववाहन, खाद्यसामग्री बाहक सवारी साधन, औषधी बोकेका सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेका सवारी साधन, झण्डाबाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधनहरु चलाउन पाउने छ भने, सार्वजनिक यातायात(जस्तै वस, ट्याक्सी, जीप लगायत),निजी सवारी साधन (चार पाङ्ग्रे, दुई पाङ्ग्रे) सवारी साधनहरु चलाउन रोक लगाइएको छ ।

त्यस्तै अत्यावश्यक सरकारी सेवा (स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी आदि), एटिएम काउन्टर जस्ता सेवाहरु खोल्न पाइने जनाइएको छ । बैंठकले अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने बाह्य सेवाहरु,सामाजिक संघसस्थाका कार्यहरु खोल्न रोक लगाएको छ ।

त्यस्तै औषधी तथा औषधीजन्य पसल, खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी दूध (डेरी पसल (विहान ७ ः०० बजेदेखि १०ः०० बजेसम्म),पेट्रोल पम्प, ग्यास डिपो आदि व्यवायहरु खुल्न पाउने छन् भने, रेस्टुरेण्ट, ब्युटी पार्लर, कपड़ा पसल, शैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल र उद्योग कलकारखाना खोल्नमा रोक लगाइएको छ ।