पेस्तोलसहित दुई युवा पक्राउ


काठमाडौं, (नेस)
अवैधरूपमा हतियारको कारोबारमा संलग्न रहँदै आएका नुवाकोटका दुई युवालाई २ थान पेस्तोलसहित प्रहरीले बालाजुबाट पक्राउ गरेको छ ।

हतियारको कारोबार हँुदै गरेको सुराकी पाएको महानगरीय अपराध माहाशाखाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले अमेरिकामा बनेको दुई थान पेस्तोलसहित युवालाई पक्राउ गरेको थियो ।

प्रहरीले अमेरिकामा बनेको पेस्तोलसहित विकेश पण्डित र अमरसिंह तामाङलाई पक्राउ गरेको थियो । उनीहरूले उक्त पेस्तोल भारतबाट नेपाल ल्याएर बिक्रीवितरण गर्ने तयारी गरिरहेको बेला प्रहरीले पक्राउ गरेको एसपी बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी गत चैत ११ गते जेलमुक्त भएका थिए । तामाङले उक्त हतियार जेल बस्दा नै पत्ता लगाएको र सो हतियार धादिङको खाल्टे घर भई बालाजु बस्दै आएका राजकुमार गुरुङले बोकेर हिँड्ने र गुरुङले सोही हतियार देखाएर लुटपाट गर्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

उक्त हतियार काण्डमा अन्य व्यक्ति पनि संलग्न रहेको देखिएको छ । उनीहरूको खोजीमा लागेको एसपी बोगटीले बताउनुभयो ।