संघ र प्रदेश सरकार तथा उपत्यकाका स्थानीय तहको समन्वयमा मात्र उपत्यकामा संक्रमणको जोखिम घटाउन सकिन्छ : मेयर शाक्य

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौ महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यका स्तरीय एकीकृत आइसोलेसन निर्माण गर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई निगरानी अवधिभर राख्नका लागि एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणमा लागेको हो

। आज काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले नगरबासीलाई महामारी नियन्त्रणका लागि निरन्तर सहयोग गर्न अपिल गर्दै भन्नुभएको छ — काठमाडौं महानगरपालिका उपत्यका स्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको छ । संघ र प्रदेश सरकार तथा उपत्यकाका नगरपालिकाहरुको समन्वय र सहभागितामा आगामी १ हप्ता करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गरिने व्यहोरा जानकारी गराउन चाहन्छु ।

स्थानीय प्रशासनले महामारी नियन्त्रणका लागि जारी गरेको निधेषाज्ञाको स्वागत गर्दै यसको पूर्ण पालनाका लागि नगरबासीलाई अनुरोध गर्दै मेयर शाक्यले भन्नुभएको छ — कोरोना संक्रमण फैलिने मुख्य कारण नै भीड भएकोले अवस्था नियन्त्रणमा नआउञ्जेल घरबाट बाहिर ननिस्कन, बाहिर आउनै परे मास्क र स्यानिटाइजरको उचित प्रयोग गर्न, जात्रा र पर्व मनाउँदा बिधि मात्र पूरा गर्न तर भीड नगर्न, समय समयमा साबुन पानीले हात धुन आग्रह गर्दछु ।

उहाँले जोखिममा भएका बर्गको परुीक्षण, आइसोलेसन र क्वारेन्टाइनको निर्माणसँगै स्तरीय स्वास्थ्य सेवाको गुणस्तरीयतामा ध्यान दिनु पर्ने उल्लेख गर्नुभएको छ । कोभिडका समयमा बिरामीलाई अस्पतालको सेवा लिन जान अप्ठ््यारो नपरोस् भनेर नेपाल एम्बुलेन्स सेवा १०२ स ञ्चालनमा ल्याइएको बताउँदै कुनै समस्या परे यो सेवा लिन उपत्यकाबासीलाई अनुरोध गर्दछु, शाक्यले अपिलमार्फत अनुरोध गर्नुभएको छ ।

राजधानी सहर भएकोले काठमाडौंमा जनसंख्याको चाप ठूलो छ । यो चाप कोभिड १९ का कोणबाट जटिल अवस्था हो । यतिञ्जेल नागरिकबाट प्राप्त सहयोग सकारात्मक छ । अपिलमा मेयर शाक्यले भन्नुभएको छ — बाहिरबाट दैनिक औसतमा २० देखि ३० हजार मानिस काठमाडौं प्रवेश गरिरहेका छन् । यो अवस्थामा नागरिक आफैं सचेत नहुने र यसलाई रोक्न संघीय सरकारबाट समन्वय नहुने हो भने राजधानी सहरमा महामारीको अवस्था भयावह हुन सक्छ ।

पिसिआर परीक्षणले कोरोना नियन्त्रण र रोकथाम गर्दैन । यो भाइरस नियन्त्रणको औषधि होइन, रोग छ कि छैन भनेर परीक्षण गर्ने बिधि मात्र हो । त्यसैले महामारी न्युनीकरणका लागि पिसिआर परीक्षणमा होइन, मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने जस्ता व्यवहारमा जोड दिनुपर्छ ।

काठमाडौं महानगरले अहिलेसम्म १० वटा कन्ट्र्याक टे«सिङ् टोली बनाएर सबै वडामा परिचालन गरेको छ । यी जनशक्तिले संक्रमित शंका भएका, र संक्रमितसँग सम्पर्क भएकाकारण संक्रमणको सम्भावना भएका १ हजार ७९५ जना व्यक्तिको पिसिआर बिधिबाट परीक्षण गरिसकेका छन् । अपिलमा महानगरले परीक्षणका लागि गरेका कामका बारेमा उल्लेख गरिएको गर्दै मेयर शाक्यले — सचेतनाका लागि माइकिङ् गर्ने, निसंक्रमणका लागि स्प्रे गरेर भाइरस सर्ने वातावरण नष्ट गर्ने काम भइरहेको जानकारी दिनुभएको छ ।

काठमाडौंको सम्भावित जोखिमलाई सबै मिलेर कम गर्न सकिने भएकोले नागरिककातर्फबाट सरकारले जारी गरेका निर्देशनको पालना गर्ने र तहगत सरकारले विपद्म/हामारी नियन्त्रणका लागि समन्वय र सहकार्य गर्नुपर्नेमा अपिलमार्फत मेयर शाक्यले जोड दिनुभएको छ ।