आज सुनको मूल्य घट्यो


न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ६ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रहेको थियो ।