उत्तर कोरियामा घरमा जनावर पाल्न नदिइने


सोल,(एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोंंग उनले प्याेंंगयांगमा घर घरमा जनावर पाल्न प्रतिवन्ध लगाउन लागेको स्थानिय संचार माध्यमले जनाएका छन् । अज्ञात सुत्रलाई उदरित गर्दै उदरित गर्दै दक्षिण कोरियाली अखवार चोसुन वोले किमले यसरी घरमा जनावर पाल्नेहरुलाई सामन्ती सिद्धान्तबाट प्रेरित भृष्ट व्यक्ति भन्दै आलोचना गरेको उल्लेख गरेको छ ।

उत्तर कोरियाको तल्लो वर्ग र गरिबहरुका घरमा सुंगुर र अन्य चौपाया पालिने तर उच्च पदस्थ सरकारी अधिकारी तथा धनाढ्यहरुका घरमा कुकुर पालिने गरेकाले समाजमा आक्रोशको सिजना भएको पनि बताइएको छ ।

चोसुन वोका अनुसार यस नयाँ अभियान अन्तर्गत घरमा पालिएका अन्य जनावर चिडियाखाना पठाइने तथा कुकुरहरु भने कुकुरको परिकार बेचिने रेस्टुरेन्टहरुलाई उपलब्ध गराइनेछन् । यसरी घरमा कुकुकर लगायत अन्य जावर पाल्ने परिपाटि पश्चिमी पुँजीवादी सोच भएको भन्द ैकिमले गत जुलाईमा नै घर घरबाट जनवार जफत गर्न आदेश दिएको बताइएको छ ।

सरकारी अधिकारीहरुले कस कसका घरमा जनावर पालिएका छन् भन्ने लागत लिने काम सम्पन्न भइसकोकाले तिनीहरुलाई स्वतस्फुर्त आफ्ना जनावर बुझाउन अनुरोध गर्नुका साथै अटेर गर्नेहरुका जनवार जवर्जस्ती उठाइने बताएका छन् । कोराना भाइरसको महामारीको चपेटामा परेको उत्तर कोरियामा अहिले खाद्यान्न अभाबका समस्या पनि बढिरहेको छ ।