प्रहरी निरीक्षकसहित २४ जनामा कोरोना संक्रमण


सुभेन्द्र दास,लहान ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित २४ जनामा थप संक्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरी र सो प्रहरी कार्यालयमा कार्यरत दश जना प्रहरी तथा गोल बजारका चारजना सर्वसाधारणमा कोरोना सङ्क्रमण भएको देखिएको छ ।

चार जना संक्रमितहरू भने कन्ट्रयाक्ट ट्रेसिङका आधारमा फेला परेका हुन् । यसअघि पनि मङ्गलबार इलाका प्रहरी कार्यालय मिर्चैयाकाप्रमुखप्रहरी नायबउपरीक्षक सन्तुलाल जयसवाल पनि सङ्क्रमित हुनुभएको थियो ।

यसैगरी, सिरहा नगरपालिका–१६ स्थित माडरमा नौ जना, गोलबजारमा १४ जनातथा नरहामा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सीमा प्रहरी चौकी माडरमाकार्यरत एक जना प्रहरीसहित पाँच जन ापुरुष तथा चार जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ भने नरहाका एक जन ाक्वारेन्टाइनमा बसेका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । यससँगै सिरहामा ८७ जना सक्रिय सङ्क्रमितहरू देखिएका छन् जसमध्ये ८० जना समुदायबाट सङ्क्रमित छन् ।