खोप लिन बाध्य पार्न नसक्ने फौसीको भनाइ

0
Shares

वासिंगटन । अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फौसीले कोरोना खोप लिन कसैलाई पनि बाध्य पार्न नसक्ने बताएका छन् । उनले भने ( कुनै बेला कोरोना खोप लगाउनु पर्ने अनिवार्य गर्छ, तपाई त्यस्तो पाउनु हुन्छ भन्ने मलाई लाग्दैन ।
यदि कुनै आम नागरिक खोप लिन अस्विकार गर्छ भने त्यसमा केही गर्न नसकिने उनले बताए । उनको यो बयान अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको घोषणा विपरित देखिएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाका सबै नागरिकलाई सम्भव भए सम्म खोप अनिवार्य गर्ने बताएका थिए ।
खोपको परीक्षण सफल भएपछि अष्ट्रेलिया मै उक्त खोपको उत्पादन हुने र सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने र सबैलाई अनिवार्य गर्न चाहेको बताएका थिए । उनको सरकारले औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग अक्सफोर्डबाट विकसित खोपको तस्रो चरण परीक्षण नतिजा आएपछि उक्त खोपका लागि अनुबन्ध गरेको छ ।