भर्चुअल तेक्वान्दो पुम्से हुने


काठमाडौं, (नेस)
काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगस्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ।
प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समँहका पुम्से विधामा मात्र प्रतिस्पर्धा हुनेछ।
खेलाडीले अगस्ट २७ र २८ तारिखमा श्रव्यदृश्य पठाइ सक्नुपर्नेछ। प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मिन न्यौपाने, हिराबहादुर थापा र बिक्रम खड्गी निर्णायकका रूपमा परिचालन हुनेछन्। खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो। खड्का साउन २० गते कार्यवाहक अध्यक्ष बनेका थिए।