करातेका राजेन्द्र क्षत्री सम्मानित


काठमाडौं, (नेस)

नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रूपमा कार्यरत पूर्वखेलाडी राजेन्द्र क्षत्री सोमबार सम्मानित भएका छन्।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरू मिलेर क्षत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन्। सोही अवसरमा १३औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रूपमा क्षत्रीलाई ५ हजार रुपियाँ प्रदान गरेका छन्। क्षत्रीमा मुटु र आँखाको समस्या रहेको करातेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन्।

त्यसै अवसरमा १३औं सागमा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली एपीएफका रेफ्रीहरू राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम १३औं सागका प्रशिक्षक परिवारले प्रायोजन गरेको हो।