राष्ट्रिय बाल अधिकार परिषद्लाई २० बुँदे सुझाव पत्र हस्तान्तरण


न्युज अफ नेपाल,काठमाडौं ।

विगत २० दशक देखि बाल अधिकार आन्दोलनका एक अगुवा एवं बाल अधिकार अभियन्ता मिलनराज धरेललाई नेपाल सरकारले हालै राष्ट्रिय बाल अधिकार परिषद्मा कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको छ । उक्त नियुक्तीसँगै बालबालिकाहरुको क्षेत्रमा केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरु हुने बाल अधिकारसँग सम्वन्धित संघ संस्थाको विश्वास तथा आशा रहेको छ ।

यसैबीच बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह ९कन्सोर्टियम नेपाल० को तर्फबाट नव नियुक्त कार्यकारी निर्देशक मिलन धरेललाई एक कार्यक्रमको आयोजनागरी औपचारिक बधाई तथा शुभकामना सहित २० बुँदे सुझाव पत्र हस्तान्तरण गरेको छ ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा २० बुँदे सुझाव पत्र सहित बालबालिकाहरुको लागी केन्द्रित रही आगामी दिनमा गर्नु पर्ने महत्वपूर्ण सवालहरुमा नव नियुक्त कायकारी निर्देशक मिलन धरेलको ध्यानाकर्षण गराएको छ ।

उक्त अवसरमा नव नियुक्त कार्यकारी निर्देशक धरेलले नागरिक समाजसँग सम्वन्धित संघ संगठन तथा संजालहरुका साथै बाल अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्यगरी भावी दिनहरुमा सहकार्य गरिने बताउनु भएको छ ।

उक्त अवसरमा कार्यकारी निर्देशक धरेलले कन्सोर्टियम नेपालले बुझाएको २० बुँदे सुझाव पत्रमा समावेश भएका विषयहरुमा आगामी दिनमा सम्वोधन गर्दै जाने प्रतिवद्धता व्यक्ति गर्दै बालबालिकाहरुले प्रत्यक्ष रुपमा अनुभुति गर्ने किसिमका योजना सहितका केही विशेष कार्यक्रमहरु पनि संचालन गरिने जानकारी गराउनु भएको छ ।