एनआरएनए अष्ट्रिया कप फुटबलमा एफसि युनिकको पोल्टामा पर्यो


बाबा राजेश्वरी थापा ढकाल, अष्ट्रिया- गैरआवासीय नेपाली अष्ट्रियाले आफ्नो वार्षिक कार्यतालिका अनुसार फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न गरेको छ। युरोपको दोस्रो लामो नदी डानुबेको पार्कमाभएको कार्यक्रमको प्रमुख अतिथि राजदुत प्रकाश कुमार सुवेदीले फुटवल खेलाडिहरुलाई उच्च मनोबलका साथ खेल्न र परिस्थिति संग जुधेर अघि बढ्न शुभकामना ब्यक्त गर्दै फुटबल प्रतियोगिताको औपचारिक उद्घघाटन गर्नुभएको थियो ।

एनआरएनए अष्ट्रियाका पूर्व अध्यक्ष डा. समीर केसीले खेलाडी र दर्शकहरूलाई शुभकामना ब्यक्त गर्नुभएको थियो। यस्तैगरी पूर्व अध्यक्ष तथा नेकपाको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडाले केही समय यता एनआरएनए अस्ट्रियामा रहेको विवादको समाधान खोज्न वर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई सबै संग मिलेर सामाजिक अभियानमा एकताबद्ध भएर अघि बढ्न सुझाव दिनुभएको थियो।

अध्यक्ष खतिवडाले भने” एनआरएनए अस्ट्रियाका कार्यसमिति भित्र निस्कृय भुमिकामा रहनुभएका सबैलाई सामाजिक अभियानमा हात्तेमालो गर्नुको अर्को विकल्प छैन त्यसैले आग्रह पुर्वाग्रह सबै त्यागेर अगाडी बढ्न सुझाएका थिए।”

हरेक वर्ष एनआरएनए अस्ट्रियाले आयोजना गर्ने गरेको फुटबल प्रतियोगितामा यस पटक पुरुषतर्फ चार, महिलातर्फ दुई र बालबालिकातर्फ दुई टिम गरी जम्मा ८ टिम र एक विदेशी टिमको सहभागी थियो ।

प्रतियोगितामा प्रथम स्थान विदेशी टिम एफसि युनिकले हात पार्न सफल भयो । एनआरएनए अष्ट्रियाले हरेक वर्ष आगन्तुक टिमहरुलाई आमन्त्रित गरेर प्रतिस्पर्धात्मक खेल खेल्ने गरेको र नेपाली खेलाडीलाई आफ्नो खेलस्तर उकास्न यस्ता प्रतिस्पर्धाले अझै सहयोग पुर्याउने कुरा युवा संयोजक दिनेश बैदाबारले बताए।

एनआरएनए अष्ट्रिया अध्यक्ष बिनोद चौलागाईलाई यति थोरै पदाधिकारीहरुलाई साथ लिएर यस्ता ठुलाठुला कार्यक्रम सम्पन्न गर्न गार्हो हुदैन ? भन्ने प्रश्न गर्दा अध्यक्ष चौलागाईं भन्छन् “संस्थाका केही जिम्मेवार साथीहरुको असहयोगले स्वभाविक रुपमा अबस्य नै असर त पर्छ नै,जस्तै आजको यो फुटबल प्रतियोगितालाई असफल पार्न नै तिजको कार्यक्रम भनेर एउटै समयमा राखेर कार्यक्रम जुधाउने काम भयो तर एनआरएनए अष्ट्रियाले तयार गरेको बार्षिक तालिका अनुसारका सबै कार्यक्रमहरु संस्थागत ढंगले तोकिएको समयमै हुने जिकिर गर्नुभयो ।

गैरआवासीय नेपाली संघ भित्र राजनीतिक मुक्त बनाउने भनेर विधानमा नै प्रष्ट ब्यवस्था हुदा हुदै पराजित मानसिकता बोकेका केहि झुण्डले एनआरएनए गतिविधि असफल बनाउने खेल कहिल्यै सफल नहुने दाबी समेत गरे ।

संघ भित्र राजनीतिक नगरौं समाजिक अभियानमा एकताबद्ध भएर अघि बढौं भन्दा संघलाई धरासायी बनाउदै अध्यक्ष विरुद्ध गुट उप गुटमा लागेर गन्तव्यमा कतै पुग्न सकिदैन त्यसैले आउनुहोस् सहकार्य गरौ गल्ती मान्छेबाट नै हुने हो बसेर छलफल गरेर अघि बढौं तर संस्था भित्र राजनीतिक बन्द गरौं भन्दै संस्थाको अहित हुने कुनैपनि काम र संस्थाको गरिमालाई आच आउने कुराहरुमा म संस्थामा रहँदा सम्म सम्झौता नगर्ने ठोकुवा समेत गरेका छन् ।