संक्रमितको उपचारमा संलग्न अस्पताललाई दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयको आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

कोरोना शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारमा संलग्न अस्पताललाई अनुदान रकम उपलब्ध गराउने प्रायोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिनभित्र विवरण बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार उपचारमा संलग्न अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने तयारी भइरहेको छ । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न यस्तो कार्य गालेको मन्त्रालयले बताएको छ ।

यस्तै, विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ हुन गए अस्पतालनै जवाफदेही बन्नु पर्ने मन्त्रालले जारी गरेको वित्रप्तिमा उल्लख छ ।