ओलम्पिक कमिटीमा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म आएको नतिजामा दुईको रिपोर्ट पोजिटिभ देखिएकोे र अन्यको भने रिपोर्ट बाँकी रहेको कमिटीले जनाएको छ । सातदोबाटोस्थित स्क्वास एकेडेमीका प्रशिक्षक हिरा थापालाई कोरोना पुष्टि भएपछि ओलम्पिक कमिटीका सबै कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । कमिटीका अनुसार कोरोना पुुष्टि भएका ती दुई कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।

कोरोना संक्रमित दुवै जना कमिटीको सातदोबाटोको भवनमै आइसोलेसनमा बस्ने छन् ।