वासिंगटन र वार्साबीच पोल्यान्डमा सैनिक तैनाथ गर्ने सम्झौता

0
Shares

वार्सा (एजेन्सी) ।

पोल्यान्डमा अमेरिकी सेना तैनाथ गर्ने विषयमा वार्सा र वासिंगटनबीच आधिकारिक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताले बाल्टिक सागर क्षेत्रमा अमेरिकी सैनिक तैनाथका लागि मार्ग प्रसस्त भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र पोल्यान्डका रक्षा मन्त्री मरियस ब्लाजजेकले वार्सामा उक्त सम्झौतालाई अन्तिम रुप दिएको हो ।

यस क्षेत्रमा अमेरिकी सैनिक तैनाथलाई लिएर रुस पहिले देखि नै आक्रामक रहेको छ । यस सम्झौताले अमेरिकासँग रुसको सम्बन्धमा पुन तनाव बढ्ने सम्भावना बढेको छ । रुसले धेरैजसो ब्यापार सेन्ट पिटर्सबर्ग पोर्टबाट बाल्टिक सागरको मार्गबाटै हुने गर्छ । अमेरिकाको यो सैन्य गतिविधिलाई रुस आफुलाई घेर्ने अमेरिकी रणानितिका रुपमा हेरेको छ ।

यस सम्झौतामा पोल्यान्ड सरकार अमेरिकी फौजको तैनाथका बदलामा अमेरिकालाई अनुदान दिनेछ । हाल पोल्यान्डमा ४ हजार ५ सय अमेरिकी सैनिक छन् । अमेरिकी योजना जर्मनीबाट आफ्ना सैनिक निकालेर पोल्यान्डमा तैनाथ बढाउनु रहेको छ । अमेरिकाले थप १ हजार सैनिक वार्सामा तैनाथ गर्न सकिने बताइएको छ ।

गत महिना ट्रम्पले जर्मनीबाट करिब १२ हजार सैनिक जर्मनीबाट फिर्ता गर्ने घोषणा गरेको थियो । ती मध्य केही अमेरिकामा फिर्ता हुने छ भने ५ हजार ६ सय सैनिकलाई पोल्यान्ड सहित अन्य देशमा पठाइनेछ । साथै अमेरिकी सैन्य कमान्डोहरुलाई पनि जर्मनीबाट बाहिर लगिनेछ । यसमा अमेरिकी आर्मी भी कप्र्सको अन्तराष्ट्रिय प्रधान कार्यालय पनि समावेश छ । जुन आगामी बर्ष पोल्यान्डमा स्थानान्तरित हुनेछ ।