अधवैंशे पुरुष वनेलकाे पछि नाँगो दौडे

94
Shares

वर्लिन,(एजेन्सी)
जर्मनीको वर्लिन स्थित नाँगै विचरण गर्न पाइने एउटा पार्कमा एकजना अधवैंशे पुरुष जंगली वनेलको पछि नाँगै आत्तिएर दौडिरहेका रमाइला तस्वीरहरु सार्वजनिक भएका छन् । आफ्नो ल्यापटप राखिएको प्लास्टिक व्यागप्याक चोरे भाग्ने वनेललाई लखेटिँदै गरेका हाँसोलाग्दा तस्वीरहरु जर्मनी सोमा प्रकासित भएका हुन् ।

तर घाम ताप्दै गरेका ति पुरुषको दौडाइको गतिलाई ति वनेल र तिनका दुईटा छाउराले मात दिएको दृश्य हेर्दै उनका साथी र परिवारका समुह हाँस्दै गरेका दृश्यहरु पनि ति तस्वीरमा कैद भएका छन् । जर्मनीको वर्लिनको ग्रनवेल फरेस्टको टेफेल्स्सी ताल नजिक यो अनौठो घटना घटेको हो ।

एडले ल्यान्डउर नामक व्यक्तिले खिँचेका ति तस्वीर नाम नखुलाइएको ति पिडित अधवैंशेको सहमतिमा सार्वजनिक गरिएका हुन् ।