टिपरको ठक्करबाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार बालकको मृत्यु


यमलाल भुसाल,बुटवल ।

टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखण्डको शितगंगा २ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिदाँ अर्घाखाँची सन्धिखर्क ७ का ३ बर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ ।

गोरुसिंगेबाट बालुवा बोकेर अर्घाखाँचीको नरपानी तर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताउनु भयोे ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार साना दुई बच्चासहित ४ जना रहेको र अन्य ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेका छन् ।