दाङमा बन्यो साइला–साइली संगठन


न्युज अफ नेपाल,दाङ।

दाङको तुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा भएको एक भेलाले समाजसेवी साइला–साइली संगठन गठन गरेको छ ।कम सन्तान जन्माउने क्रम बढेसँगै साइला–साइलीको पहिचान गुम्दै गएको भन्दै उनीहरुको एक भेलाले बसन्त पौडेलको संयोजकत्वमा साइला साइली संगठन गठन गरेको हो ।

जसमा सहसंयोजकहरु दीपक पोख्रेल र र टेकराम रिजाल रहनुभएको छ ।संगठनले विभन्नि विभाग पनि बनाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा युवराज पौडेल तथा सहसंयोजकमा वीरबहादुर चौधरी र मणिराम चौधरी, आर्थिक बिभाग संयोजकमा संंयोजक वीरबहादुर ओली तथा सहसंयोजकमा यज्ञबहादुर ओली र योगेश्वर भट्टराइ रहनुभएको छ ।

संगठनलाई दाङ जिल्लाब्यापीहुँदै देशब्यापी बनाउने, चाडपर्वमा मठमन्दिर सरसफाइ गर्नेलगायतका निर्णय गरेको संयोजक पौडेलले जानकारी दिनुभयो ।