व्यापारीमा कोरोना संक्रमण देखिएपछि विशालबजार क्षेत्रका सबै पसल बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंस्थित न्यूरोडका एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका सबै पसल बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मको क्षेत्रमा पर्ने पसलहरु बन्द गरिएको हो । सो क्षेत्रका पसलहरु आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडा कार्यालय आग्रह गरेको छ ।

‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ’’ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।