नेपाली फुटबल खेलाडी कोरोना संक्रमित

0
Shares

काठमाडौं ।

विश्वकप छनोट तयारीका क्रममा रहेको नेपाली फुटबलरमध्ये एकजना खेलाडी कोरोनाबाट संक्रमित भएका छन् । केही दिनअघि फिफा विश्वकप छनोटको तयारीका लागि ३३ जना नेपाली फुटबल खेलाडीको कोरोना परिक्षण गर्दा एक खेलाडीमा कोरोना भएको पुष्टि छ । विहिबार ३३ जनाकै रिपोर्ट सार्वजनिक आउँदा एक जना खेलाडीको पुनः परिक्षण गर्नुपर्ने एन्फाले जानकारी दिएको थियो ।

पाटन अस्पतालले अहिले उनै खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ। २० बर्षे ती खेलाडीको टेष्ट पोजेटिभ देखिएपछि उनलाई घरमै आइसोलेसनमा बस्न सुझाव दिइएको छ । तर, संक्रमण देखिएका खेलाडीलाई कसरी ब्यवस्थापन गर्ने विषयमा भने इपीडीमीयोलोजी र रोग नियन्त्रण महाशाखाले छलफल गरिरहेको बताइएको छ ।