सल्यानमा एक महिनाको अवधिमा १०३ जना फरार प्रतिवादी पक्राउ


न्युज अफ नेपाल,सल्यान ।

बन्दाबन्दीको मौकापारी सल्यान प्रहरीले फरार प्रतिवादीपक्राउगर्न अभियानलाई तिव्रता दिएको छ । विभिन्न अभियोगमा फरार अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै फरार प्रतिवादी पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सल्यानले एक महिनाको अवधिमा १ सय ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतले फैसला गरी फरार रहेका उनीहरुलाई अहिले अनुसन्धान गरीप क्राउ गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेषगरी कर्तव्य ज्यान, लुटपिट, कुटपिट, सम्बन्ध विच्छेद, चोरी सिकारी लगायतका अभियुक्तहरु फक्राउ गरिएको छ । ३ सय ५५ फरार प्रतिवादी मध्ये हालसम्म १ सय ३ जनलाई पक्राउ गरी अदालतमा बुझाईएको प्रहरीको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फरार प्रतिवादीलाई जिल्लाभर प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको समयमा घरमै लुकीछिपि बसी रहेको अवस्थामा दैनिक ८ देखि १७ जना सम्मलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिबादी ३१जना कैद भुक्तानी गर्नका लागि कारागार चलान भएका छन् भने ७० जना जरिवाना तिरेर मुक्त भएका छन ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार फरार सूचिमा रहेकामध्ये ३० जनाको मृत्यु, नाम थर फरक परेका ६५, भारतमा रहेका ५३ , तेस्रो मुलुक १४, बेपत्ता ९, बसाई सराइ गरी अन्यजिल्लामा ५६, अन्य २५ जना रहेका छन् ।