पर्सामा कोरोनाले भयावह रुप लिँदै , मृतकको संख्या देशभरकै उच्च

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन् ।

संक्रमीत हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मीपनि रहेका छन् ।अहिले सम्म कोभिड १९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय एक जना बेवारिशे बाराका २ रौतहटका १ एक जना रहेका छन् ।बारा र रौतहटका समेत गरी पर्सामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृतकहरू अधिकांश दीर्घ रोगी एवम् अन्य कुनै स्वास्थ्य समस्या भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।कतिपयमा मृत्यु भइसकेपछि कोभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारको लागि अस्पताल डुलाउँदा(डुलाउँदा मृत्यु भएका छन् । पर्सामा १४ हजार ८ सय ३४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

संक्रमीतहरु मध्य वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ । त्यसतै गण्डक कोभिड अस्पतालमा १० महिला सहित ६५ जना रहेका छन ।रानीखोरी सामुदायिक आइसोलेशन सेन्टरमा ३४, राणी सती धर्मशालामा ४१, वीरगन्ज सिद्धार्थ स्कूलमा ३२, वीरगञ्ज कारागारमा ३८, अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा ३ सय २५ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । कोरोना संक्रमीत ३ सय २५ जना होम आइसोलेशनका नाममा आइसोलेशन भन्दा बाहिर रहनु नै पर्साकोलागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ ।होम आइसोलेशनको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन हुन सकेको छैन । संक्रमीतहरुले पसल सञ्चालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन् । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक देखिएको छ ।

पर्सामा कोरोनाभाइरसबाट संक्रमीतहरु मध्य १ सय ९८ पुरुष र ४३ महिलागरी २ सय ४३ जना निको भएर घर फर्किसकेका छन । पर्साका १ हजार २ सय ४५ क्वारेन्टिन बेड संख्या रहेकोमा अहिले पनि १ सय २ पुरुष र ३७ महिलागरी १ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।हालसम्म पर्सामा २२ जनाको मृत्यु भएको छ । यो नेपालकै सबैभन्दा उच्च मृत्युदर हो । यत्तिको संख्यामा मृतकको संख्या रहेको शहर नेपालमा अर्को छैन । कोरोना संक्रमणको दर उच्च हुदै गएका कारण अझैपनि उच्चच सर्तकता अपनाउन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् । पर्सामा हालसम्म बारा जिल्लाका एकजना बालक सहित गरेर ७ जनाको उपचार अभावका कारण ज्यान गएको छ । उनीहरु सबैमा मृत्युपछि भने कोरोना पुष्टी भएको छ ।