आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ९१ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

नेपालमा हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।