बाह्रबिसे नगरपालिकाको विभिन्न वडा सिल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका ८४ वर्षीय पुरुषको कोरोना परीक्षण नतिजा पोजेटिभ आएपछि बाह्रबिसे नगरपालिकाको केही क्षेत्र सिल गरिएको छ ।

बाह्रबिसे नगरपालिकाले वडा नम्बर २ को पूर्वको कर्थली बुदेपा, उत्तरमा वडा नम्बर ३ को खाक्दल खोलासम्म पश्चिममा वडा नम्बर ९ को राम्चे बजार र दक्षिणमा शारदा माध्यमिक विद्यालय सुनकोसीसम्मको क्षेत्र सिल गरेको हो । सो क्षेत्रमा सवारी आवागन तथा व्यापारिक क्रियाकलाप नगर्न नगरपालिकाले आग्रह गरेको छ ।

यस्तै, दाहसंस्कारमा संलग्न र भेटघाट गरेका सबैलाई क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।