बिरामीमा कोरोना संक्रमण देखिएलगत्तै निदान अस्पतालको ओपीडी सेवा बन्द

0
Shares

न्युज अफ नेपाल,  काठमाडौ ।

पुल्चोक स्थित निदान अस्पतालमा उपचाररत एक मृगौला प्रत्यारोपित र एक डायलासिस गराईरहेका बिरामीमा कोरोना संक्रमण देखिए लगतै निदान अस्पतालको ओपिडि सेवा बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।

निदान अस्पतालको आईसियुमा झण्डै २० दिन देखि उपचार गराईरहेका एक बिरामीमा निमोनिया भएको भनी उपचार गराईरहे । बिरामीको अवस्था जटिल बन्दै गएपछि कोरोना संक्रमणको आशका गर्दै पाटन अस्पताल रिफर गरिएकोमा पिसिआर परिक्षण गर्दा बुधबार कोरोना संक्रमण प्रमाणित भएको संक्रमितको पारिवारीक स्रोतले जनाएको छ ।

काठमाडौ निवासी संक्रमितको परिवारका एक सदस्यका अनुसार अस्पतालको आईसियुमा संक्रमित व्यक्तिका साथ अन्य बिरामी पनि गम्भिर अवस्थामा उपचार गराईरहेका छन् । अस्पतालले हाम्रो बिरामीलाई कोरोना संक्रमणको आशंका गरि पाटन पठायो तर अन्य बिरामी के होलान ? अस्पतालले बिरामीका आफन्त मात्र नभै स्वास्थ्यकर्मीहरुको समेत ध्यान दिएको देखिन्न । हामी पनि बिरामी भेट्न बारम्बार आईसियुमा माक्स, ग्लोब्स र अस्पतालको ड्रेस लगाएर जान्थ्यौ । हाम्रो बिरामी पाटन लगेसँगै हामी पनि गयौं । पाटन अस्पतालले माक्स लगाएर बस्नुस, ज्वरो, खोकी आए मात्र परिक्षण गर्नुपर्छ नत्र पर्दैन भनेर फर्कायो ।

अस्पतालहरुको यस्तो लापरवाही छ भने सरकारले बारम्बार कन्ट्रयाक ट्रेसिङ भैरहेको छ भनेको के होला भन्दै प्रश्न गरिरहेका छन् । हामी आफै सजग भएर अस्पताल पुग्दा त कन्ट्रयाक ट्रेसिङ परिक्षण भएन भने सम्पर्कमै नआउनेलाई कस्ले खोज्ने र नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्ने ? हाम्रो बिरामी एक त मृगौलाको बिरामी त्यसमा पनि पहिला पनि निमोनिया भएको थियो । अहिले पनि २० दिन देखि निदानमा राखेर उपचार गराईरहेको कुनै सुधार नआएपछि प्रश्न गर्दा कोरोना संक्रमण भएको शंका गर्दै पाटन पठाए । अब हामीले कस्लाई विश्वास गर्ने ? विरामीका आफनतले दुखेसो गर्दै भने ।