लागूऔषधसहित तीन जना पक्राउ


सञ्जय कार्की, रौतहट ।

प्रतिबन्धित लागुऔषध सहित प्रहरीले तीन जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहु दुलेगौडा नगरपालीका– ४ निबासी २८ बर्षिय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासीे ३९ बर्षिय राम बहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) रहेका छन । पोखराबाट सुनसरीको ईटहरी जादै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतल भित्र प्रतिबन्धित लागु औषध लुकाईछिपी राखिएको अबस्थामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बरामद गरी उनीहरु लाई पक्राउ गरेको हो ।

लागु औषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत उक्त कार बाट बरामद भएको छ । उनीहरुको साथ बाट प्रहरीले नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

देश कोराना भाईरसको उच्च जोखिममा रहेको र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अबस्थामा उनीहरु प्रतिबन्धित लागुऔषध ओसार पसारमा संलग्न रहेको पाइएको छ । मुर्तजा कार चालक हुन् भने प्रहरीका उच्च अधिकारी संग रानाभाटको सम्बन्ध रहेको जनाइएको छ । ई

लाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले पक्राउ परेका तीनै जना लाई लागु औषध ऐन अनुसार मुद्धा चलाई अनुसन्धान गरिएको बताउनु भयो ।