राम मन्दिर भूमि पुजनमा सहभागी महन्त नृत्य गोपाल कोरोना संक्रमित


नयाँदिल्ली (एजेन्सी) ।

भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भएको भुमि पुजन समारोहमा सलग्न महन्त नृत्य गोपाल दास कोरोना संक्रमित पुष्टी भएको छ ।

राम जन्म भुमी तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष नृत्य गोपाल स्वास्थ्य स्थिति विग्रेको र उनी कोरोना संक्रमण पाइएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतको मध्य प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य स्थितिको जानकारी लिएको बताइएको छ ।

युपीका मुख्यमन्त्रीले मथुराका डीएम र मेदान्ता अस्पतालका डाक्टर त्रेहानसँग कुरा गरेको र उनीहरुलाई महन्त गोपाल दासलाई सबै सम्भव चिकित्सकिय सुविधा उपलब्ध गराउन माग गरेको उत्तर प्रदेशका प्रमुख स्वास्थ्य अधिकारीले जानकारी दिए ।

नृत्य गोपाल दासलाई स्वास् लिनमा कठिनाइ भइरहेको बताइएको छ । उनी यतिबेला मथुरामा छन् । कृष्ण जन्माष्टमी अघि महन्त नृत्य गोपाल मंगलबार साँझ मथुराको सीता राम आश्रम पुगेका थिए ।

त्यहाँ उनले प्रेससँगको कुराकानीमा सरयु नदीको दिब्य जल लिएर मथुरा पुगेको र मोक्षपुरी मथुरा तथा अयोध्याका परम पवित्र नदिहरु यमुना र सरयुको जलसँग गंगाजलको उपयोग गरि श्री कृष्णको जन्ममहाभिषेक गरिने बताएका थिए ।

यसअघि महन्त नेत्य गोपाल अयोध्यामा भएको राम मन्दिर भुमि पुजन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतसँगै मन्चमा उनी उपस्थित थिए ।