वुल्भस युरोपा लिगबाट बाहिरियो

0
Shares

लन्डन, (एजेन्सी)
शुरुआती पेनाल्टी प्रहार गोल गर्न नसक्दा इंग्लिस टोली वुल्भस युरोपा लिगबाट बाहिरिएको छ।
योसँगै वुल्भसले उनीहरूको स्टार खेलाडीलाई अर्को वर्षको युरोपेली फुटबलविना क्लबमै राख्न संघर्ष गर्नुपर्ने भएको छ। टोली हालै सकिएको प्रिमियर लिगमा सातौं स्थानमा रहेपछि अर्को सिजनमा युरोपेली प्रतिस्पर्धामा रहने छैन। तर, आठौं स्थानमा रहेको आर्सेनलले एफए कप जितेर अर्को सिजनको युरोपेली प्रतिस्पर्धामा खेल्ने तय गरेको हो।
वुल्भसले २५ जुलाई २०१९ मा क्रुसाडर्समाथि २–० को जितसँगै छनोट हुँदै युरोपेली सिजन शुरू गरेको थियो। करिब ३० हजार समर्थकको सामु युरोपेली प्रतिस्पर्धामा ३९ वर्षपछि छनोट हुन पाएको टोलीले ५९ खेलपछि खाली मैदानमा सिजन समाप्त गर्नुपरेको थियो। डुइसबर्गमा खेलिएको क्वार्टरफाइनल खेलमा वुल्भसले ला लिगा टोली सेभिलासँग १–० को हार व्यहोरेको थियो ।
मंगलबार राति भएको खेलमा वुल्भसले गोलपोस्टमा ६ वटा प्रहार गरेको थियो भने सेभिल्लाले त्यसको तीन गुणा १८ वटा प्रहार पोस्ट एट्याक गरेको थियो। राउल जिमेनेजको पेनाल्टी प्रहार बचाउँदा पनि वुल्भसले पहिलो हाफमा अग्रता लिन चुकेको थियो। अन्ततः खेल सकिन २ मिनेट बाँकी हुँदा सेभिल्ला गोल गर्न सफल भएको थियो। ८८औं मिनेटमा एभर बानेगाको निश्चित क्रसमा लुकास ओकामपोसले हेडमार्फत गोलको दिशा दिएका थिए।
सोही ढिलो गोलले सेभिल्लाले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग आइतबार खेल्ने तय पनि गरेको थियो। यो जितसँगै सबै प्रतिस्पर्धामा गरेर सिजनमा १९ खेलमा अपराजय पनि रहेको छ। सेभिला यो प्रतिस्पर्धाको ५ पटकको विजेतासमेत हो। अर्कोे सेमिफाइनल खेलमा इन्टर मिलानको सामना साक्तार डोनेटस्कविरुद्ध हुनेछ। इन्टर मिलान युरोपा लिगमा आठौंपटक अन्तिम चारमा पुगेको छ भने सेभिल्ला सातौंपटक प्रवेश पाएको हो।
साक्तारको सानदार जित
साक्तार डोनेटस्कले गेलसेनकिर्चेनमा भएको अर्को क्वार्टरफाइनल खेलमा एफसी बसेललाई ४–१ ले हराएको थियो। योसँगै युक्रेनी टोलीले अन्तिम चारमा प्रतियोगिताकै उपाधि दाबेदारी इन्टर मिलानसँग खेल्ने तय गरेको थियो। टोलीको जितमा जुनियर मोरोइस, टाइसन, एलान प्याट्रिक र डोडोले एक–एक गोलको योगदान दिए। बसेलको तर्फबाट रिकी भान वोल्फसविन्कलले एक सान्त्वना गोल फर्काएका थिए।