मकवानपुरमा दुई बेवारिस शव फेला


न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरमा दुई जनाको बेवारिस शव फेला परेको छ । मकवानपुरको बागमती गापा वडा–५, लीलाबनस्थित बागमती नदीकिनारमा पानीमा पछाडिको भाग डुबेको अबस्थामा करिब ३५ वर्षकी महिलाको शव फेला परेको हो । प्रहरी निरीक्षकसहित प्रहरी टोलीले शवको मुचुल्कालगायत कार्य गरी शवलाई हेटौंडा अस्पतालको शवगृहमा ल्याएको छ ।

महिलाको शव सनाखत हुन सकेको छैन । चेप्टो अनुहार, गहुँगोरो, मंगोलियन जस्तो देखिने, उचाईं करिब ५ फिट ४ इञ्च रहेकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । भीमफेदी गापा वडा–८, दोभानवेसीस्थित बागमती नदीकिनारमा रहेको माण्डु हाइड्रो हेडवक्र्स बकेटमा करिब ४५ का एक पुरुषको शव फेला परेको छ ।

प्रहरीले शवको मुचुल्कालगायत कार्य गरी शव हेटौंडा अस्पतालको शवगृहमा ल्याएको छ ।