जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते


न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुइ जनाको मृत्यू मएको छ । जीपमा सवार एक जनाको घटना स्थलमा र एक जनाको उपचारका लागि तानसेन ल्याउदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझपख गल्धाको पटकसर नजिकै दुर्घटना भएको थियोे । जीप सडकबाट करिव ७ सय मीटर तल खसेको छ ।

गाडी स्ताफ सहित ९ जना सवार जिप दुर्घटनामा परि निस्दी गाउँपालिका ५ का ६३ वर्षीय ठाकुर प्रसाद फालको घटनास्थलमै मृत्यु भएको हो भने र निस्दी गाउँपालिका ४ मित्यालका ३ महिने वालक सिमोन कानुङको उपचारकालागि तानसेन ल्याउदै गर्दा वाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी गाउ पालिका वडा नं ४ की २२ वर्षिया विष्ण्ुमाया सारु सोही ठाउकी २५ वर्षिया सृजना गाहा, र सोही गाउपालिका वडा नं ५ की वर्ष ३८ की सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया सुशीला सारु रहेका छन ।

घाइतेहरुमध्ये सेरमति सारुको वुटवल स्थित चौराह अस्पतालमा र अन्य पाँच जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटना पछि चालकलाइ नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।